विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीवार बालुवाटार सर्ने भएका छन्।
सोमबार प्रधानमन्त्रीको शपथ लिएपनि शेरबहादुर देउवाले निवास नछोडेकाले बालुवाटार सर्न पाएका थिएनन्।
प्रधानमन्त्री दाहालले बुधबार बधाई र शुभकामना कार्यक्रम पनि स्थगित गरेका छन । प्रधानमन्त्री नियुक्त भए लगत्तै बधाई दिन निवास जाने संख्या एक्कासी बढ्दा मानिसको व्यवस्थापन गर्न सचिवालय र सुरक्षाकर्मीलाई हम्मे परेको थियो।
मंगलबार मात्र ६ सय बढीले भेटेर बधाई र शुभकामना दिएका थिए।
जनताको काम गर्न सोच्नुपर्ने, योजना बनाउनुपर्ने बेला शुभकामना र बधाईमै समय बितेपछी सचिवालयले बुधबार अत्यावश्यक बाहेकका भेट बन्द गरेको जनाएको छ।