सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्ता गुम्दैमा कांग्रेसको शक्ति नगुमेको बताएका छन ।

उनले पार्टीका नेता तथा कार्यकर्ता निराश हुनुपर्ने कुनै कारण नरहेको समेत बताएका छन ।

तत्कालका लागि नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुग्यो भन्ने निराशा आउनु अस्वभाविक भएपनि निराश हुनुपर्ने कुनै कारण नभएको उनले आज एक विज्ञप्ति निकाल्दै जनाएका छन । उनले विज्ञप्तिमा भनेका छन, ‘हामी निरन्तर संवाद र सम्पर्कमा रहँदै तपाईंहरूका घरआँगनमा आउनेछौं।’

उनले किन गठबन्धनलाई निरन्तरता दिन सकिएन भनेर नेतृत्वसँग समीक्षा गर्ने पनि उल्लेख गरेका छन्।

‘किन यस्तो परिस्थिति निर्माण भयो भनेर हामी नेतृत्वसमक्ष र कार्यसमितिमा निर्मम समीक्षा गर्नेछौं,’ कोइरालाले भने, ‘सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन। हामी थप सशक्त भएर कांग्रेस सशक्तिकरणको अभियानमा जुट्न दृढ संकल्प गर्छौं।’

उनले पार्टीका गल्ती तथा कमजोरीमाथि माफी माग्नेसमेत उल्लेख गरेका छन्।

सोमबार, ११ पुष, २०७९, साँझको ०६:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर