तीन स्वतन्त्रसहित प्रचण्डलाई १६९ सांसदको समर्थन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई १६९ सांसदले समर्थन गरेका छन । १५४ सा‌ंसदको हस्ताक्षरको पत्र बोकेर शितल निवास पुगेका प्रचण्डलाई थप १५ सांसदको समर्थन जुटेको छ ।

अन्तिममा जसपा अध्यक्ष उपेन्द्र यादव तथा स्वतन्त्र सां‌सदहरू प्रभु साह, किरण साह र अमरेश सिंहले पनि प्रचण्डलाई समर्थन गर्दै हस्ताक्षर गरेका हुन् ।

जसपाका १२ सांसद छन् । यता अमरेश भने कांग्रेसबाट टिकट नपाएर बागी उम्मेदवारका रूपमा निर्वाचित भएका थिए ।

यसअघि एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जनमतका ६ र जनमुक्तिका ४ सांसदले प्रचण्डलाई समर्थन गरिसकेका थिए ।

आइतबार, १० पुष, २०७९, साँझको ०६:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर