विराटनगर । भाष्कर आई केयर एण्ड ग्लोमा सेन्टर प्रा.लि. र नेपाल स्काउट जेम्स स्काउट ग्रुपको आयोजनामा विराटनगर १ स्थित जेम्स इन्टरनेशनल सेकेण्डरी बोडिङ स्कुलको आयोजनमा एकदिने निशुल्क आखाँ शिविर सम्पन्न भएको छ । शिविरमा ४५० जनाले आँखाको परीक्षण गराएका छन् ।
भाष्कर आई केयर एण्ड ग्लोकोका नेत्र विशेषज्ञ डा. भाष्कर झाको नेतृत्वमा रहेको चिकित्सक टोलीमा जेम्स इन्टरनेशनल सेकेण्डरी बोडिङ स्कुलमा रहेका विद्यार्थी र उनीहरुका अभिभावक र शिक्षक , शिक्षिको आखाँ परीक्षण गरेको थियो । शिविरमा विद्यालका विद्यार्थी, स्थानीय अभिभावक, स्काउटका, रेभर /रेन्जर तथा स्काउट मास्टरहरुको परिक्षण गरिएको कार्यक्रम संयोजक तथा स्काउट मास्टर गोविन्द कुमारले जानकारी दिए ।
आँखा मानिसको महत्वपुर्ण अंग भएको कारणले पनी आफनो विद्यालयमा अध्ययनरत बालबालिका तथा अभिभावकको आँखा शिविर माफर्त परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक पंकज खड्काले बताए ।