सरकारले भुक्तानी ढिलो दिएकाले निर्माण कामले गति लिन सकेन : अध्यक्ष सिंह

विराटनगर । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले समयमा भुक्तानी नदिएका कारण निर्माणका कामले गति नलिएको निर्माण बताएका छन ।

विभिन्न कारण देखाउँदै सरकारले भुक्तानी ढिलो दिएकाले निर्माणको कामले गति लिन नसकेको उनले बताए । निर्माण व्यवसायी महासंघ मोरङको २६ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । तरलताको अभाव कम गर्न पनि निर्माण उद्योगलाई चलायमान बनाउनु पर्ने उनको भनाइ रहेको छ ।

देशको समग्र अर्थतन्त्रका सूचकहरू नकारात्मक रहेका बेला बजारलाई चलायमान गर्नका लागि निर्माण व्यवसायलाई चलायमान बनाए पैसा बजारमा जाने भएकाले तरलता हट्दै अक्ष सिंहको भनाइ रहेको छ ।

अप्रत्याशित रूपमा निरन्तर भइरहेको मूल्यवृद्धिका कारण घर जमिन तथा अन्य जायजेथा धितोमा राखेर निर्माण व्यवसायमा संलग्न निर्माण व्यवसायीहरू, तीनका परिवार र तीनमा आश्रित लाखौँ श्रमिकहरूको बिचल्ली हुने अवस्था आएको उनले बताए ।

साधारण सभामा सहभागी निर्माण व्यावसायीहरुले बजेट भाषण अगाडी नै जिल्ला दररेट निर्धारण गर्नु पर्ने समेत उठाएका छन । आर्थिक वर्षको अन्त्य नभई जेठ १५ गते भित्रमा दररेट टुङ्ग्याउनु पर्ने उनीहरूको भनाइ रहेको छ ।

‘असार मसान्तमा काम ठप्प हुन्छ त्यही बेला दररेट निर्धारण गरिन्छ,’ निर्माण व्यावसायिक महाँसघ मोरङका अध्यक्ष सुरेशराज सुवेदीले भने ‘पछि फागुन चैत्रमा टेन्डरको सूचना निकालिन्छ ।घटेको बेला दररेट कायम गर्ने र बढेको बेला टेन्डर आव्हान गर्ने गरेकाले काम गर्न समेत समस्या भएको बताए ।’

निर्माण व्यवसायीले असार लागेपछि खोला उत्खननबन्ध हुँदा थप काम गर्न समस्या भएको बताएका छन ।

शनिबार, ०९ पुष, २०७९, दिउँसोको ०४:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर