जनता स्कुलका पूर्व विद्यार्थीले नयाँ नेतृत्व छान्दै, अध्यक्षमा निरौलाको दाबी

विराटनगर । विराटनगरको जनता नमूना माध्यामिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले संसंगठन बनाउने भएका छन् । विद्यालयको सुधारमा योगदान गर्ने र विद्यालयको गुमेको साख फर्काउन मद्दत गर्ने उद्देश्यले पूर्व विद्यार्थीहरुको कमिटी गठन गर्ने तयारी गरेको पूर्व विद्यार्थी राम निरौलाले बताए ।

अघिल्लो महिना मंसिर २५ गते शनिबार पूर्व विद्यार्थीहरुको भेला आयोजना गरेर विद्यालयको सुधारका लागि योगदान गर्न विभिन्न पक्षमा छलफल गरेको थियो । भेलाले पूर्व विद्यार्थीहरुको संगठन निर्माण गर्न निर्वाचन समितिसमेत गठन गरेको थियो ।त्यस अनुसार पुस ८ गते शुक्रबार निर्वाचन प्रयोजनका लागि पुनः विद्यार्थीहरुको भेला आयोजना गरिएको र भेलाले नयाँ कमिटी चयन गर्ने तयारी छ ।

जनता नमूना माध्यामिक विद्यालयको पूर्व विद्यार्थीहरुलाई भेला गर्न शून्य समयदेखि निरन्तर सक्रिय रहेका पूर्व विद्यार्थी रामकुमार निरौलाले विद्यालयको हितमा काम गर्न अध्यक्ष पदको दाबी गरेका छन् । विद्यालयको दुरावस्था देखेर त्यसलाई सुधार गर्न उनले महिनौंदेखि निरन्तर प्रयत्न गर्दै आएका छन् । उनले भने ‘मैले धेरै पूर्व विद्यार्थीहरुसँग सम्पर्क गरें र मंसिर २५ गते वृहद भेला आयोजना गर्न सफल पनि भयौं अब पूर्व विद्यार्थीहरुको एउटा कमिटी बनाएर केही समय काम गर्नुपर्छ भन्ने लागेको छ । त्यसैले मलाई सबैले अध्यक्षको रुपमा अगाडि सार्ने विश्वास लिएको छु ।’

जनता नमूना माध्यामिक विद्यालय कुनै बेला विराटनगरको उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा परिचित थियो । अहिले विद्यालय जीर्ण अवस्थामा चलिरहेको छ । एक हजार पाँच सय भन्दा बढी विद्यार्थी पढ्ने गरेको स्कुलमा अहिले मुस्किलले दुई सय जना विद्यार्थी भर्ना भएका छन् । जनता स्कुलको समकालीन अरु विद्यालयको तुलनामा यो विद्यालयको दुरुह अवस्था रहेकोले त्यसलाई सुधार गर्न आफूले स्पष्ट योजनाका साथ काम गर्न चाहेको निरौलाले बताए ।

बिहिबार, ०७ पुष, २०७९, साँझको ०७:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर