विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पसले सामाजिक कार्य र शिक्षा शास्त्रका स्नातक तहका विद्यार्थीलाई अभिमुखीकरण गरेको छ ।
कला, कानुन तथा शिक्षा सन्काएका निवर्तमान डिन तथा सह–प्राध्यापक डा। कृष्ण प्रसाद पाण्डे, पूर्वाञ्चल विश्वविद्यालय योजना महाशाखा प्रमुख तथा सह–प्राध्यापक डा। कोमल दुलाल, क्याम्पस प्रमुख तथा निर्देशक महेशप्रसाद निरौला, निवर्तमान क्याम्पस प्रमुख तथा सहप्राध्यापक डा. रमेशबाबु काफ्ले, उपप्राध्यापकहरू नित्यानन्दकुमार साह, पुकार चौधरी, शंकर दाहाल, मनोज मेहता, डा. नागेशवर प्रसाद राजपूत लगायतले विद्यार्थीहरूलाई अभिमुखीकरण गरेका थिए ।
सामाजिक कार्यको बी.एस.डब्ल्यु. र शिक्षा शास्त्रतर्फ बी.एड. अध्यापन गर्दै आएको जनता आदर्श बहुमुखी क्याम्पसले यो शैक्षिक सत्रदेखि सामाजिक कार्यको स्नातकोत्तर (एम.एस. डब्ल्यु ) र शिक्षा शास्त्रतर्फको स्नातकोत्तर (एम.एड.) तहको अध्यापन गर्दै छ ।क्याम्पसले एम . एस. डब्ल्युको अध्यापन सुरु गरेसँगै सामाजिक कार्यको स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने विद्यार्थीले संघीय राजधानी काडमाण्डौं जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।
राजधानीबाहिर सामाजिक कार्यमा स्नातकोत्तर तहको अध्यापन पहिलो पटक पूर्वाञ्चल विश्वविद्यालयले सुरु गरेको हो । यसअघि सामाजिक कार्यमा स्नातकोत्तर तहमा अध्यापन गर्न चाहने विद्यार्थीले काठमाण्डौं जानुपर्ने अवस्था थियो ।