मोरङमा ११ महिनामा २ सय ६५ वटा घटना मानवअधिकार उलंघनका

विराटनगर । मोरङमा ११ महिनामा  मानवअधिकार उलंघनका २ सय ६५ वटा घटना भएको पाइएको छ ।

बुधवार विराटनगरमा आयोजित अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले हरेक वर्ष प्रकाशित गर्ने मानवअधिकार वर्ष पुस्तकको पूर्व समिक्षा कार्यक्रममा मोरङमा २ सय ६५ वटा मानवअधिकार उलंघनका घटना भएको इन्सेकले जानकारी दिएको हो । इन्सेकका अनुसार जिल्लामा जनवरी १ देखि नोभेम्बर सम्मको अवधिमा २ सय ६५ वटा मानवअधिकार उलंघनका घटना भएका छन् ।

मानवअधिकार उलंघनका २ सय ६५ वटा घटनामा २ सय ६८ जना पीडित बनेका छन् । मोरङमा सबै भदा बढी बलात्कारका घटना भएका छन् । ११ महिनाको अवधिमा ७९ वटा बलात्कारका घटना भएका हुन् । यस्तै घरेलु हिंसाका७८ वटा घटना भएका छन् । मोरङमा१८ वटा हत्याका घटना भएका छन ।

मोरङमा अपहरण ६, बाल यौन दुव्र्यवहारका १६, मान बेचबिखनका ४ , बोक्सी आरोप २ , बालविवाहका ४ वटा घटना भएका छन् । यस्तै बलात्कार प्रयासका १९, हत्या प्रयासका २४ वटा घटना भएको पाइएको इनसेक् प्रतिनिधि विनोद सुवेदीले बताए ।

बुधबार, ०६ पुष, २०७९, दिउँसोको ०४:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर