कांग्रेसको संसदीय दलको नेता चुन्न मतदान शुरु

विराटनगर । नेपाली कांग्रेसको संसदीय दलको नेता चुन्न मतदान शुरु भएको छ ।संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिनिधि सभातर्फ रहेका ८९ सांसद मतदानमा सहभागी हुन पाउने छन् । सहमहामन्त्री भीष्मराज आङदेम्वे संयोजकत्वको निर्वाचन समितिले मतदान गराउँदै छ ।

बिहान ८ बजे शुरु हुने भनिएको मतदान पौने ९ बजे मात्र शुरु भएको हो । मतदान सम्पन्न भएलगत्तै गणना शुरु हुने आङदेम्वेले बताए ।

बुधबार, ०६ पुष, २०७९, बिहानको ०९:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर