खोटाङको वाक्सिला बजारमा आगलागी चार घर जले आगो नियन्त्रण बाहिर

विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका–४ वाक्सिलाबजारमा भीषण आगलागी भएको छ ।

सोमबार साँझ स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगोले रमेश परियार, डिल्लीकुमार श्रेष्ठ, शुभ राज राईको घर जलेको हो ।बजारका अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङका अनुसार खाना पकाउने ग्याँस पड्केर आगोले उग्र रूप लिएको हो । आगो नियन्त्रण गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

दमकल नजिकमा नहुँदा आगलागी नियन्त्रणमा ठुलो समस्या भइरहेको डिएसपी मुकारुङले बताए ।

प्रहरी तथा थानीयवासिन्दाले आगो नियन्त्रणको प्रयास जारी राखेका छन ।

सोमबार, ०४ पुष, २०७९, साँझको ०७:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर