विराटनगर । तीन दशकदेखि पर्यटन व्यवसायको क्षेत्रमा रहेका जितेन्द्र श्रेष्ठले विराटनगरमा ओएसिस लन्च एन्ड बार सञ्चालनमा ल्याउने भएका छन् ।
विराटनगर महानगरपालिका – ५ भृकुटी चौकमा १ करोड २५ लाख रुपैयाँ लगानीमा ओएसिस लन्च एन्ड बार सञ्चालनमा ल्याउने भएका हुन् ।
बारको औपचारिक रूपमा उद्घाटन पुस ६ गते हुने भएको छ । एउटा छुट्टै स्वाद पस्किने उद्देश्यले ओएसिस लन्च एन्ड बार विराटनगरमा सञ्चालनमा ल्याउने अन्तिम तयारी पुरा भएको संचालक श्रेष्ठले बताए । उनले यसअघि चितवनमा पनि होटेल व्यवसायको क्षेत्रमा काम गरेको अनुभव रहेको छ । श्रेष्ठको लुम्बिनीमा पनि लुम्बिनी बुद्ध गार्डेन रहेको छ ।
‘विराटनगरमा छुट्टै स्तरीय परिवार खुवाउनु हरेक ग्राहकहरूलाई सन्तुष्ट पार्नु हाम्रो लक्ष्य हो र यसमा सफल पनि हुनेछौँ । त्यसैले ग्राहकहरूबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ,’ संचालक श्रेष्ठले भने । बारमा कन्ट्रीनेटल खाना, ग्रिल चिकेन यहाँको विशेष परिकार रहेको बताइएको छ । यस बाहेक यहाँ अन्य थुप्रै परिकारहरू पाइन्छ ।ओएसिस लन्च एन्ड बार दुई कट्ठा क्षेत्रफलमा रहेको छ ।
ओएसिस लन्च एन्ड बारको उद्घाटन भएको दिन बिक्री भएको आम्दानीबाट १५ प्रतिशत सामाजिक काममा खर्चिने भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत उद्घाटन गरेको दिन बिक्री भएको आम्दानीको १५ प्रतिशत खर्च सामाजिक कार्यमा खर्च गर्ने संचालक श्रेष्ठले बताए ।
१५ प्रतिशत खर्च विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा सहयोग गर्ने उनले बताए ।