झापामा भेटियो महिला र पुरुषको शव

विराटनगर । झापामा महिला पुरुषको शव फेला परेको छ । झापाको मेचीनगर नगरपालिका वडा नं.१३ चारआली जङ्गलमा महिला पुरुषको शव फेला परेको हो ।

पुरुषको रुखको हाँगामा झुन्डिएको अवस्थामा शव भेटिएको छ भने पुरुष झुन्डिएको नजिकै महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुवरले बताए ।

उनका अनुसार महिलाको शव सडेको अवस्थामा भेटिएको हो । प्रहरीका अनुसार उनीहरू अन्दाजी ४० वर्षका हुन । थप अनुसन्धान अगाडी बढाएको झापा प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

सोमबार, ०४ पुष, २०७९, दिउँसोको ०४:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर