काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनभित्र प्रधानमन्त्रीका लागि नाम सिफारिस गर्न दलहरुसँग आह्वान गरेकी छिन
संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको नाम सिफारिस गर्न राष्ट्रपतिले आह्वान गरेकी हुन । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा दिएलगत्तै सरकार गठनका लागि आह्वान भएको हो ।
संविधानको धारा–७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीको नाम सिफारिस गर्न राष्ट्रपतिले संसदमा रहेका दलहरुलाई आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।