विराटनगर । मोरङको रंगेलीमा सवारी दुर्घटनामा परि एक जना पैदल यात्रुको मृत्यु भएको छ । शुक्रवार झास सवारी दुर्घटनामा परि रङ्गेली नगरपालिका ७ का ४२ वर्षीय तारानाथ ढकालको उपचारको क्रममा मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पहिचान नखुलेको गाडीले ठक्कर दिँदा ढकाल गम्भीर घाइते भएका थिए । घाइते भएका ढकालको उपचारको लागि विराटनगरस्थित कोसी अस्पताल ल्याउँदा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

कुखुरा बोक्ने पहिचान नखुलेको बोलेरो गाडिले ठक्कर दिएर सवारीसाधन फरार भएको छ । फरार सवारीसाधन र चालकको खोजी कार्य तीव्र पारेको प्रहरीले जनाएको छ ।