विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका २ विराट टिचिङ्ग हस्पिटलभित्र बन्दै गरेको नयाँ भवन निमार्णमा काम गर्ने एक जना राजमिस्त्रीको करेन्ट लागेर मृत्यु भएको छ ।
विराट मेडिकल कलेजमा राजमिस्त्री काम गर्ने मोरङको कटहरी गाउँपालिका ५ घर भएका १९ वर्षीय सुमन सरदारको करेन्टर लागेर आइतबार राती मृत्यु भएको हो ।
काम सकेर हात खुट्टा धुने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । मृतकको सोमबार विराटनगरस्थित कोशी अस्पतालमा पोस्मार्टम गरी घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।