विराटनगर । मोरङको लेटाङ नगरपालिका– ९ स्थितमा रहेको तेली खोलाको निर्माणाधीन पुलमा दुर्घटनामा परी ओभरसियरको मृत्यु भएको छ । को १ ख ४०७७ नम्वरको मिक्सचर मेसिनले सुर्य एण्ड सन्स कन्ट्राक्सन कम्पनीमा कार्यरत ओभरसियर लहान नगरपालिका–१४ सिरहाका २४ वर्षे सुनिल साहलाई ठक्कर दिदा उनको घटना स्थलमा नै मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न रहेका चालक शम्भु राजधामीलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको मोरङ प्रहरीको प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
यसै गरी शुक्रबार राती साढे ९ बजे झापाको बाह्रदशी गाउँपालिका – ३ स्थित चारपाने – राजगढ सडक खण्डमा दुर्घटनमा परी एक जनाको मृत्यु भएको छ । प्रदेश १– ०१– ००१ त ८९०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका ट्याक्टरका चालक बाह्रदशी–३ का २२ वर्षे लखिराम सतारको उपचारार्थ प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

