विराटनगर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनु पर्ने बताएका छन ।
पछिल्लो चुनावले राजनीतिक अस्थिरताको संकेत गरेको भन्दै उनले काग्रेस र नेकपा एमाले मिलेर देशलाई स्थिरता दिनुपर्ने बताए।

‘कसैको पनि बहुमत आएन। अस्थिरताको चिन्ता बढेको छ। यस्तो अवस्थामा कांग्रेस र एमाले मिलेर सरकार बनाउन आफु पहल गर्ने छु ,’ गच्छदारले भने।

उनले प्रधानमन्त्री भने अब पनि कांग्रेस सभापति शेरबहादुर देउवा नै हुने बताएका छन । शेर बहादुर देउवाले नचाहे सम्म पुस्तान्तरण नहुने समेत उनले बताएका छन ।

आफूले चुनाव हारेकोबारे प्रसंग निकाल्दै गच्छदारले जसपा अध्यक्ष उपेन्द्र यादवले चार हजार मत सूर्यमा हाल्न लगाएको बताए। ‘म तीन हजार मतले पराजित भए। उपेन्द्रजीले चार हजार मत सिधै सूर्यमा हाल्न लगाउनु भयो। त्यही भएर म हारेँ,’ उनले भने। जसपा र एमालेबीच चुनावी तालमेल थियो।