विराटगनर । विराटनगरका व्यवसायीलाई अपहरण गरी फिरौती असुली गरिएको घटनामा संलग्नलाई कारवाही गर्न व्यवसायी सम्बद्ध संघ संगठनहरुले दवाव दिएका छन् । मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले अपराधिक र असामाजिक गतिविधिमा संलग्न जो कसैलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न माग गरेका हुन् ।
विराटनगरका व्यवसायी अरुणकुमार राठीले आफूलाई बन्धक बनाएर १५ लाख रुपैयाँ फिरौती अशुली गरिएको र आफूमाथि ज्यानको खतरा रहेको भन्दै प्रहरीमा जाहेरी दिएपछि घटना बाहिरिएको थियो । राठीले प्रहरीमा जाहेरी दिएको दुई दिनसम्म मौन बसेको व्यवसायिक संस्थाहरुले मंगलबार प्रेस विज्ञप्ति जारी गरी घटनाको छानविन गर्न र दोषिलाई कारवाही गर्न दवाव दिएका हुन् ।उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले व्यवसायिहरुको सुरक्षा गर्न माग गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन् ।
‘विराटनगरका प्रतिष्ठित उद्योगपति एवम् व्यवसायी अरुणकुमार राठीमाथि हालै हुन गएको अपराधिक, हिंसक, गैह« कानूनी एवं अराजक क्रियाकलापबारे प्राप्त खबरले हामी स्तब्धभएका छौँ । मुलुकको आर्थिक मेरुदण्डीय औद्योगिक, व्यवसायिक गतिविधिमा आवद्ध सुपरिचित करदाता, रोजगारदाता एवं जनप्रतिनिधित्वका लागि समेत अग्रसर राठी माथि दिनदहाडै गरिएको त्यस प्रकारको हिंस्रक एवं अराजक दुव्र्यवहार निन्दनीय रहेकोले हामी त्यसको घोर भत्र्सना गर्दछौं,’ संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ‘विगत केहि वर्षदेखिका स्थानीय प्रशासनका अथक प्रयासबाट शान्ति सुरक्षाको अनुभूति गरिरहेका यहाँका उद्योगी, व्यवसायी तथा विराटनगरवासीलाई सो अपराधिक एवम् निन्दनीय घटनाले त्रसित र सशंकित बनाएको छ भने विराटनगरमा कायम शान्तिपूर्ण वातावरणमा समेत खलल पु¥याएको छ ।’
उनीहरुले उद्योगी र उनको परिवारका साथै जनधन र प्रतिष्ठाको सुरक्षा गर्न दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

