विराटनगर । दोलखामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्।

पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ३५ हजार ७९० मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार ५९५ मत ल्याएका छन्।

८१ हजार ८८ मत गणना हुँदा कार्कीले अग्रता बढाएका हुन्।

मतगणना जारी छ। यहाँ मंसिर ४ मा भएको मतदानका क्रममा केही केन्द्रमा धाँधली भएपछि बिहीबार पुन मतदान गरिएको थियो।