विराटनगर । आज सत्तारूढ गठबन्धनको बैठक बस्दैछ ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछिको समिक्षमा गर्न सत्तारूढ गठबन्धनको बैठक बस्न लागेको हो ।
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सोमवार सत्तारुढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिए । बैठकमा निर्वाचनको समग्र अवस्थाबारे समीक्षा हुने बताइएको छ ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ । माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ ।
नेकपा एकीकृत समाजवादीले १० स्थानमा जीत निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४, राष्ट्रिय जनमोर्चा १ स्थानमा विजयी भएको छ ।
बैठक हुने समयबारे भने केही बताइएको छैन ।

