विराटनगर ।मोरङको राजवंशी समुदायले हुधुरधुरा जात्रा सामाजिक सद्भाव यात्रा ¥याली आयोजना गरेका छन् । राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्र कटहरीद्वरा हुधुरधुरा जात्रा सामाजिक सद्भाव यात्रा ¥याली निकालिएको हो । राजवंशी समाज विकास समितिको सम्पर्क कार्यालय कटहरीबाट सुरु भएको ¥यालीले नगरपरिक्रमा गरेको थियो ।

झापा, मोरङ, सुनसरी बनाऔं सुन्दर पर्यटन नगरी भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो । झापा मोरङ र सुनसरी क्षेत्रमा रहेको भौगोलिक सम्पदालाई संरक्षण तथा विकास गर्दै सुन्दर सफा र हाराभारा बनाइ पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले हुदुरधुरा जात्रा आयोजना गरिएको पूर्व गृह राज्यमन्त्री भीमराज राजवंशीले बताए ।

राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्रले आफ्नो १५ औं सृङ्खलाको कार्यक्रम कटहरुमा आयोजना गरेको हो । कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरिले कटहरी गाउँपालिकाको क्षेत्र विकाससँगै राजवंशी संस्कृतिको संरक्षणमा कुनै कसर बाँकी नराख्ने बताए । पूर्व भूमिव्यवस्था तथा सहकारी राज्यमन्त्री ज्ञानेश्वर राजवंशी, कटहरी गाउँपालिका उपाध्यक्ष सीतादेवि राजवंशी लगायतको कार्यक्रममा सहभागिता थियो ।