काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावी समीक्षा गर्ने दिउँसो ३ बजे पदाधिकारी बैठक बस्ने भएको छ ।
मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेसँगै माओवादीले चुनावी समीक्षा गर्ने भएको हो।
‘पार्टीले चुनावी समिक्षा गर्नका लागि विभिन्न चरणमा छलफल गर्न लागेको हो,’ गुरुङले भने, ‘त्यसमध्येमा आज दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको छ।
माओवादीको पदाधिकारीमा २१ जना छन्। त्यसमध्येमा १० जनाले टिकट पाएका थिए। अरु उम्मेदवार बनेका थिएनन्। टिकट पाएकामध्ये ५ जना निर्वाचित हुँदा अनय ५ जना पराजित भएका थिए।

