विराटनगर । मधेश प्रदेशको मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला परेका छन्।
‘राति होलिडे रिसोर्ट’मा खाना खाएर सुतेका भट्टराईलाई आज बिहान खोजी हुँदा मृत्यु भएको अवस्थामा भेटिएका हुन्।
बिहान साधारणसभा सुरु हुनै लाग्दा उनको खोजी भएको थियो। हातमा औषधि समेत रहेको र औषधिहरू समेत कोठामा छरिएको अवस्थामा उनी फेला परेको प्रहरीले जनाएको छ ।
कोठामा वान्ता भएको समेत पाइएको छ। भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघको पुर्व केन्द्रिय उपभापति समेत हुन्।
प्रहरीले घटनास्थानको प्रकृति मुचुल्का तयार गरिरहेको छ।

