विराटनगर । सुनसरीको ४ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।
एमालेका उम्मेदवार जगदिस कुसियतलाई ११२ को झिनो मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् । निर्वाचन आयोगले कार्की विजय भएको औपचारिक घोषणा भने गरिसकेको छैन ।
कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा कुसियैतले ३० हजार ३७१ मत पाएका छन् ।

