विराटनगर । सुनसरीको ४ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पछाडि परेका छन् ।
एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतले मन्त्री कार्कीलाई ८२ मतले पछाडि पारेका छन् ।
जगदिशले २९ हजार ७९४ मत पाउँदा कार्कीले २९ हजार ७१२ मत पाएका छन् ।
मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले २ हजार ९५२ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादवले २ हजार ८५५ मत पाएका छन् ।

