विराटनगर । सुनसरी ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की अहिले ९४ मतले अगाडि छन।
अझै छ हजार मत गणना बाँकी रहेको छ।
६ हजार मत गन्न बाँकी हुँदा कार्कीले २८ हजार ९० मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका जगदिश कुसियैतको २७ हजार ९९६ मत प्राप्त गरेका छन्।
अब प्रदेश १ मा सुनसरी–४ को मात्रै नतिजा आउन बाँकी रहेको छ।