विराटनगर । सुनसरी क्षेत्र नम्बर ४ मा पुनः मतगणना गर्नुपर्ने माग गर्दै सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन्। कांग्रेस उम्मेदवार रहेका कार्कीका प्रतिनिधिले निर्वाचन अधिकृतको कार्यालयमा पुन मतगणना माग राख्दै निवेदन दिएका हुन ।
८१ हजार १ सय ७१ मत खसेको थियो। जसमध्ये ६१ हजार २ सय ६६ मतगणना भएपछि विवाद सुरु भएको थियो।
मतगणनामा विवाद हुँदा शनिबारदेखि नै त्यहाँको मतगणना रोकिएको हो ।
नेपाली कांग्रेसले ६ सय मतगणनामा तलमाथि भएको दाबी गर्दै फेरि त्यसलाई गन्नुपर्ने अडान लिदै आएको छ ।
विवाद बढ्दै गएपछि मतगणनास्थलमै कांग्रेस र नेकपा एमालेका प्रतिनिधिहरुबीच हात हालाहालको अवस्था भएको थियो।
एमाले उम्मेदवार जगदीश कुसियैतसँग अघिपछि अघिपछि हुन थालेको अवस्थामा कार्कीले ६ सय मत तलमाथि भएको बताएका थिए।
त्यसपछि त्यहाँको विवाद समाधानका लागि निर्वाचन अधिकृतको कार्यालयले शनिबारै सर्वदलीय बैठक राखेको थियो। तर विवाद समाधान हुनुको साटो झन् झन चर्किएपछि आइतवार १० बजेसम्मलाई मतगणना रोकिएको थियो।