प्रदेश १ : यि हुन् प्रदेशसभामा पुनः निर्वाचित हुने १३ सांसद

प्रदेश १ को पाँच वर्षे कार्यकालमा अनुभव लिएका १३ जना प्रदेशसभा सांसदले पुनः ५ वर्षे कार्यकालका म्यान्डेट पाएका छन् ।

विराटनगर । प्रदेश १ का ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये ४७ वटाको अन्तिम मत परिणाम आइसकेको छ । अन्य ८ वटाको अन्तिम मतपरिणाम आउन बाँकी रहँदा एउटा निर्वाचन क्षेत्रमा भने मतगणना सुरु नै भएको छैन ।

एमाले एक्लैले २१ मा विजयी भइसकेको छ भने अझै ३ वटामा अग्रता कायम राखेको छ । नेपाली काँग्रेस भने हालसम्म १३ वटामा विजयी हुँदा ४ वटामा मात्रै अग्रता लिएको छ । उता सत्ता गठबन्धनको अर्को घटक माओवादी केन्द्रले ९ वटामा विजय हासिल गरेको भने नेकपा एसले ३ वटामा जित हासिल गरेको छ । एमाले गठबन्धनमा रहेको राप्रपाले २ वटामा विजय हासिल गरेको छ ।

हालसम्म अघिल्लो पटक प्रदेश १ सांसद बनेका १३ सांसदहरुले पुनः प्रदेशसभामा प्रवेश पाउने देखिएको छ ।

पुनः निर्वाचित हुने १३ सांसदहरू

पुनः प्रदेशसभामा प्रवेश पाउने सांसदहरुमा सबैभन्दा धेरै एमालेका रहेका छन् । एमालेका ७ सांसदले पुनः प्रवेश पाउने निश्चित भएको छ । जसमा रामबहादुर राना, इलाम २ (२), हिक्मतकुमार कार्की, झापा ५ (१), एकराज कार्की, झापा २ (१), इन्द्रमणि पराजुली, धनकुटा २, लिलाबल्लभ अधिकारी, मोरङ २ (२), निरन राई, धनकुटा १ र बुद्धिकुमार राजभण्डारी, सोलुखुम्बु २ रहेका छन् । इलामका रानाले यसअघि इलामको २ (१)बाट विजयी भएका थिए । यस पटक भने उनले निर्वाचन क्षेत्र परिवर्तन गरी २ (२)बाट विजयी बनेका हुन् । अन्य सांसदहरुले अघिल्लै निर्वाचन क्षेत्रबाट चुनाव जितेका हुन् ।

यस्तै नेपाली काँग्रेसबाट प्रदेश १ संसदको यात्रा तय गर्न लागेका नेता हुन् हिमाल कार्की । कार्की उदयपुर १ (२) बाट मतगणनामा अग्रता कायम गरेका छन् । उनी निर्वाचित हुने निश्चित प्रायः छ ।

यस्तै माओवादी केन्द्रबाट दोहोर्याउनेहरुमा इन्द्रबहादुर आङ्बो, पाँचथर २ र नारायण बहादुर मगर, उदयपुर २ (१) रहेका छन् । उनीहरुले पनि आफ्नो पुरानै क्षेत्रबाट विजय सुनिश्चित गरेका हुन् ।

यता, नेकपा एसका तथा तथा हालका मुख्यमन्त्री राजेन्द्रकुमार राई, भोजपुर १ बाट निर्वाचित भएका छन् । राई यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए । यता, इलाम १ (१)बाट निर्वाचित हुने अन्तिम चरणमा रहेकी प्रदेश १ की पर्यटनमन्त्री खिनु लङ्वा लिम्बू पनि प्रदेश संसदमा दोहोरिने अर्की नेतृ बन्नेछिन् ।

आइतबार, ११ मंसिर, २०७९, दिउँसोको १२:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर