विराटनगर । मोरङ क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फको मत गणना रोकेर समानुपातिक तर्फको मत गणना थालिएको छ । निर्वाचन आयोगले समानुपातिक तथा प्रत्यक्षतर्फको मतगणना एकै साथ गर्न भने पनि निर्वाचन अधिकृतको कार्यालयले प्रत्यक्षको मतगणना नै रोकेर समानुपातिकतर्फको गणना शुरु गरेको हो ।
६० हजार समानुपातिकको मत गणना गर्न बाँकी रहेकोले प्रत्यक्ष तर्फको मत गणना रोकेको निर्वाचन अधिकृत रामहरि काफ्लेले बताए । ‘समानुपातिकमा पनि झुकिएर प्रत्यक्षतर्फको मत परेको हुन सक्ने भएकाले रोकेका छौँ’, उनले भने, ‘आज रातभरि समानुपातिक गन्छौँ ।’
प्रत्यक्षतर्फको गणना अब तीन घण्टामा सकिने उनले बताए । निर्वाचन अधिकृत काफ्लेका अनुसार शनिवार ९भोलि० दिउँसोसम्ममा सबै मत परिणाम आइसक्ने उनले बताए । प्रदेश तथा प्रतिनिधि सभाकै प्रत्यक्षतर्फको मतगणना रोकेको र समानुपातिक गणना भइरहेको हो ।
मोरङ ३ मा कांग्रेसका सुनिलकुमार शर्माले ४५ हजार ९ सय ३६ मतसहित अग्रता कायम गरिरहेका छन् । उनलाई एमालेका भानुभक्त ढकालले २५ हजार ०७४ मतसहित पच्छ्याइरहेका छन् । राप्रपाकी रेखा थापाले १० हजार ७१० मत ल्याएकी छन् ।
प्रदेश सभामा प्रदेश ३ (१)मा कांग्रेसका मानबहादुर राईले १८ हजार २८६ मत ल्याएका छन् भने एमालेका दीलिपकुमार राईले १३ हजार ८ सय ५८ मत ल्याएका छन् ।
३ ९२० मा एमालेका ज्ञानेन्द्र सुवेदीले १६ हजार ९०३ र नेकपा एकीकृत समाजवादीका लक्ष्मीकुमार श्रेष्ठले १५ हजार ११३ मत ल्याएका छन् ।