विराटनगर । मोरङ क्षेत्र नं. ६ (२) मा प्रदेश १ मा आन्तरिक मामिला तथा कानुन मन्त्री तथा काँग्रेसका नेता केदार कार्कीले सुरुवाती अग्रता कायम गरेका छन् । विराटनगर ५ नम्बर वडाबाट गणना सुरू हुँदा कार्कीले ४ सय १९ मतले अग्रता कायम गरेका हुन् ।
कार्कीले १ हजार ८ सय २४ मत ल्याएर अग्रता कायम गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका पर्शुराम बस्नेतले १ हजार ४ सय ५ मत ल्याएर पछ्याउँदैछन् । यस्तै राप्रपाका उम्मेदवार राजेश मास्केले १ हजार ४ र स्वतन्त्रबाट उठेका गोपाल रेग्मीले ७३३ मत पाएका छन् । अहिले विराटनगर ६ नम्बर वडाको गणना सुरू भएको छ ।