विराटनगर । प्रदेश नम्बर १ मा नेकपा एमालेले तीनमा विजयी र ११ स्थानमा अग्रता कायम गर्दै अग्रस्थान कायम गरेको छ ।

हालसम्म एमालेले ताप्लेजुङ, उदयपुर २ र झापा ५ मा विजय हासिल गरिसकेको छ । यता, नेपाली काँग्रेसले भने दोस्रो स्थान कायम गर्दै २ वटामा विजय हासिल गरेर ५ वटामा अग्रता बनाएको छ ।

प्रदेश १ का २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ६ वटामा आफ्ना उम्मेद्वार उठाएको माओवादी केन्द्रले भने ३ स्थानमा अग्रता बनाएको छ । यस्तै रास्वपाले २, राप्रपाले १ र स्वतन्त्रले १ स्थानमा अग्रता लिएको छ । पार्टीगत रुपमा जित र अग्रता लिएका क्षेत्रहरु निम्न छन् ।

नेकपा एमालेबाट विजयी तथा अग्रता लिएका क्षेत्रहरू

१) केपी शर्मा ओली, झापा ५ (विजयी)
२) योगेश भट्टराई, ताप्लेजुङ (विजयी)
३) अम्बर बहादुर रायमाझी, उदयपुर २ (विजयी)
४) सुवासचन्द्र नेम्वाङ, इलाम २ (अग्रता)
५) देवराज घिमिरे, झापा २ (अग्रता)
६) लालप्रसाद साँवा लिम्बू, झापा ४ (अग्रता)
७) बसन्तकुमार नेम्वाङ, पाँचथर (अग्रता)
८) राजेन्द्रकुमार राई, धनकुटा (अग्रता)
९) घनश्याम खतिवडा, मोरङ १ (अग्रता)
१०) ऋषिकेश पोखरेल, मोरङ २ (.अग्रता)
११) भगवती चौधरी, सुनसरी ३ (अग्रता)
१२) जगदिशप्रसाद कुसियैत, सुनसरी ४ (अग्रता)
१३) मानबीर राई, सोलुखुम्बु (अग्रता)
१४) महेश बस्नेत, इलाम १ (अग्रता)

नेपाली काँग्रेसबाट विजयी तथा अग्रता लिएका क्षेत्रहरू

१) विश्वप्रकाश शर्मा, झापा १ (विजयी)
२) रामहरि खतिवडा, ओखलढुंगा (विजयी)
३) सीता गुरुङ, तेह्रथुम (अग्रता)
४) सुनिलकुमार शर्मा, मोरङ ३ (अग्रता)
५) डा.शेखर कोइराला, मोरङ ६ (अग्रता)
६) दिपक खड्का, संखुवासभा (अग्रता)
७) डा.नारायण खड्का, उदयपुर १ (अग्रता)

माओवादी केन्द्रबाट विजयी तथा अग्रता लिएका क्षेत्रहरू

१) सुदन किराँती, भोजपुर (अग्रता)
२) अमनलाल मोदी, मोरङ ४ (अग्रता)
३) रामकुमार राई, खोटाङ (अग्रता)

राष्ट्रिय स्वतन्त्र पार्टीबाट अग्रता लिएका क्षेत्र

१) गोमा तामाङ, सुनसरी १ (अग्रता)
२) लालविक्रम थापा, सुनसरी २ (अग्रता)

राप्रपाबाट विजयी तथा अग्रता लिएका क्षेत्रहरू

१) राजेन्द्रप्रसाद लिङ्देन, झापा ३ (अग्रता)

स्वतन्त्रबाट अग्रता लिएको क्षेत्र

१) योगेन्द्र मण्डल, मोरङ ५ (अग्रता)