भारी मतान्तरसहित एमाले अध्यक्ष ओली विजयी

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित झापा ५ बाट प्रतिनिधिसभामा विजयी भएका छन् ।

विपक्षी गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै ओली निर्वाचित भएका हुन् ।

मतगणनाको अन्तिम परिणाम अनुसार ओलीले ५२ हजार ३१५ मतले बिजय हासिल गर्दा नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४१ मत पाएका छन् । उनीहरुबीच २८ हजार ५७४ मतको अन्तर रहेको छ ।

२०७४ को निर्वाचनमा पनि ओलीले अधिकारीलाई नै पराजित गरेका थिए ।

बुधबार, ०७ मंसिर, २०७९, साँझको ०६:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर