झापा १ बाट विश्वप्रकाश शर्मा निर्वाचित

विराटनगर । झापा १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

अहिले सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए ।

शर्माले १४ हजार २७५ मतान्तरले जितेका हुन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की निर्वाचित भएका थिए । शर्माले तेस्रो प्रयासमा चुनाब जितेका हुन् ।

 

बुधबार, ०७ मंसिर, २०७९, साँझको ०६:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर