विराटनगर। झापा क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा नेकपा एमालेका तिलचन पाठक निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका खगेन्द्र मैनालीलाई ३ हजार ८४० मतान्तरले पराजित गर्दै पाठक निर्वाचित भएका हुन् ।
एमाले प्रदेश कमिटी सचिवसमेत रहेका पाठकले २० हजार १८४ मत ल्याउँदा मैनालीले १६ हजार ३ सय ४४ मत ल्याएका छन् । पाठकलाई राप्रपाको साथ थियो भने मैनाली सत्ता गठबन्धनका साझा उम्मेदवार थिए ।
सो क्षेत्रको प्रदेशसभा १ मा पनि एमालेकै एकराज कार्की निर्वाचित भइसकेका छन् ।