विराटनगर । ओखलढुंगाको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न मतगणनामा खतिवडा एमालेका यज्ञराज सुनुवारलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
खतिवडाले ३३ हजार ५५६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका यज्ञराज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरेका छन् । खतिवडा र सुनुवारको मतान्तर ६ हजार ८१८ रहेको छ ।
खतिवडा अघिल्लो निर्वाचनमा सुनुवारसँग पराजित भएका थिए । ओखलढुंगाको प्रदेशसभा सदस्यमा ‘क’मा कांग्रेसकै प्रदीप सुनुवार र ‘ख’ मा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भएका छन् ।