मोरङ क्षेत्र नम्बर ३ (१)मा मानबहादुर लिम्बू जित नजिक

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ (१)को प्रदेशसभा १ मा नेपाली काँग्रेस उम्मेदवार मानबहादुर लिम्बू जितको नजिक पुगेका छन् । एउटा बुथको गणना बाँकी हुँदा नै उनको जित निश्चित भएको हो ।

लिम्बुले १८ हजार २सय ८६ मत प्राप्त गरेका छन् । गणना गर्न वाकी भएको मत भन्दा लिम्बुले पाएको मत बढी छ ।

बेलबारी–१० को ३२३३ मत गणना गर्न बाकी छ । उनको ४ हजार ४ सय २८ मतले अग्रता लिएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका दिलीप कुमार राईले १३ हजार ८ सय ५८ मत पाएका छन् ।

बुधबार, ०७ मंसिर, २०७९, दिउँसोको ०४:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर