विराटनगर । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतान्तरले विजयी भएका छन्।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै राउत निर्वाचित भएका हुन्।
राउतले ३५०४२ मत पाए भने यादवले १६९७९ मत ल्याएका छन्। यो क्षेत्रका दुबै प्रदेशसभामा पनि जनमत पार्टीका उम्मेदवार विजयी भएका छन् ।