उदयपुर २ को १ बाट नारायण बुर्जा मगर पुनः निर्वाचित

विराटनगर । उदयपुर क्षेत्र नम्बर २ (१) बाट नारायण बुर्जा मगर विजयी भएका छन्। बुर्जा नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार बनेका थिए । उनी यसअघि पनि प्रदेशसभा सांसद थिए ।

उनले एमाले उम्मेद्वार देवराज राईलाई ३५ मतले पराजित गरेका हुन् । मगरले ८ हजार १०५ मत ल्याउँदा एमालेका राईले ८ हजार ७० मत मात्रै ल्याए ।

बुधबार, ०७ मंसिर, २०७९, दिउँसोको १२:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर