विराटनगर । मोरङको ६ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले मतान्तर फराकिलो बनाउन थालेका छन् ।
नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितलाई उनले पछाडि पारेका छन् ।कोइरालाले ११ हजार ११३ मत ल्याएका छन् भने पण्डितले ८ हजार ९५० मत प्राप्त गरेका छन् । शेखर र पण्डित बीचको मतान्तर २ हजार १६३ रहेको छ । २८ हजार ९६ मतगणना हुँदा १ हजार ५९६ मत बदर भएको थियो । कोइरालाले शुरूदेखि नै अग्रता लिएका छन् ।
प्रदेश सभामा आचार्यले मतान्तर घटाउँदै लगेका छन् । मोरङ ६(१) बाट उम्मेदवार बनेका आचार्यले ९ हजार ५८ मत पाएका छन् भने एमालेकी रिता न्यौपानेले ९ हजार ९३४ मत पाएकी छन् । शुरूदेखि नै रिताले अग्रता लिँदै आएकी छन् । रितासँग जीवन ८७६ मतले पछाडि परेका छन् ।