प्रदेश १ मा एमाले बलियो, ११ क्षेत्रमा अग्रता

हालसम्मको मत परिणाम अनुसार २८ निर्वाचन क्षेत्रमध्ये १ वटामा विजयी र ११ स्थानमा अग्रता कायम गर्दै एमाले अग्रस्थानमा देखिएको छ ।

विराटनगर । प्रदेश १ मा २८ वटै संघीय निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । हालसम्म २८ मध्ये उदयपुर २ को मतगणना सकिएको छ । त्यहाँ एमालेका अम्बर बहादुर रायमाझी विजयी भएका छन् ।

मतगणना भइरहेका अन्य २७ वटा निर्वाचन क्षेत्रमा एमाले ११ स्थानमा अगाडि छ । एमाले इलामको १ र २, झापाको २ र ५, मोरङका १ र २, धनकुटा, सुनसरीको ३ र ४, सोलुखुम्बु र तेह्रथुम अगाडि छ । दोस्रो स्थानमा रहेको काँग्रेस ७ वटा निर्वाचन क्षेत्रमा अगाडि छ ।

काँग्रेस पाँचथर, झापा १, मोरङ ३ र ६, संखुवासभा, ओखलढुंगा र उदयपुर १ मा अगाडि छ । यस्तै ५ निर्वाचन क्षेत्रमा अग्रता कायम गर्दै माओवादी तेस्रो स्थानमा छ । माओवादी ताप्लेजुङ, मोरङ ४, सुनसरी १, भोजपुर र खोटाङमा अगाडि छ ।

यस्तै रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र २ स्थानमा अगाडि छ । हालसम्म रास्वपा झापा ४ र सुनसरी २ मा आगाडि छ । राप्रपा झापा ३ तथा स्वतन्त्र उम्मेद्वार मोरङ ५ मा अगाडि देखिएका छन् ।

बुधबार, ०७ मंसिर, २०७९, बिहानको १०:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर