विराटनगर । मोरङ क्षेत्र नं. ५(२) प्रदेशतर्फ नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत आर्यालले फराकिलो मतअन्तरले अग्रता कायम गरेका छन् । अर्यालले २ हजार ५ सय ९५ मतले आग्रता लिएका हुन् ।
९ हजार ५ सय ६४ मत गणना गर्दा अर्यालले ४ हजार ९९९ मत ल्याए भने प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपकाका उम्मेदवार जयराम यादवले २ हजार ४ सय ४ मत ल्याएर पछ्याएका छन् ।
९ हजार ५ सय ६४ मत गणना गर्दा ८ हजार ९९८ मत सदर भएको थियो भने ५६६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।