मोरङमा काँग्रेसले खोल्यो खाता, प्रदेशसभामा गयानन्द मण्डल निर्वाचित

विराटनगर । मोरङको क्षेत्र नं. ५(१) मा नेपाली काँग्रेसका गयानन्द मण्डल गनगाई निर्वाचित भएका छन् । १४ हजार ८ सय ४३मत ल्याएर मण्डलले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यो विजयीसँगै नेपाली कांग्रेसले प्रदेश सभामा मोरङमा जितको खाता खोलेको हो ।

नेकपा एमालेका उम्मेदवार सन्तोष कुमार साहलाई ५ हजार चार सय ४१ मतले मण्डलले पराजित गरेका हुन् । एमाले उम्मेदवार साहले ९ हजार ४ सय २ मत ल्याएका छन् ।

मण्डल निर्वाचित भएको औपचारिक घोषणा भने निर्वाचन अधिकृतको कार्यालय केही बेरमा पछि मात्रै गर्नेै जनाएको छ ।

सत्ता गठबन्धनबीच सिट बाँडफाँटको क्रममा यो क्षेत्रको प्रदेशतर्फ काँग्रेस र प्रतिनिधिसभातर्फ माओवादी केन्द्रको भागमा परेको छ । प्रदेशसभामा निर्वाचित भएका मण्डल काँग्रेसका महासमिति सदस्य हुन् । उनी २०७० सालको संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग ८ मतले पराजित भएका थिए ।

मङ्गलबार, ०६ मंसिर, २०७९, रातीको ०८:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर