प्रदेश १ को पहिलो नतिजा : उदयपुर २ मा एमालेका रायमाझी निर्वाचित

विराटनगर । उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन्।

निर्वाचन अधिकृत जीवनकुमार भण्डारीका अनुसार मतगणना सकिएको छ । एमालेका रायमाझी १५२५१ मत प्राप्त गरि विजयी भएका हुन् ।

यो क्षेत्रमा एमालेका रायमाझीले नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई पछि पारेका हुन्। खतिवडाले १२८९३ मत प्राप्त गरे ।

नेपाली काँग्रेसबाट बागी उम्मेदवारी दिएका रामकुमार राईले १०३७९ मत प्राप्त गरेका छन् । राईको उम्मेदवारीकै कारण खतिवडा पराजित भएका हुन् ।

२०७४ को निर्वाचनमा सो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका सुरेशकुमार राई निर्वाचित भएका थिए । यसपटक सत्ता गठबन्धनको भागबण्डामा खतिवडाले ठूलो जोडबल गरेर टिकट हात पारेपनि पराजित भएका हुन् ।

मङ्गलबार, ०६ मंसिर, २०७९, साँझको ०७:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर