मोरङ ४ मा मोदीलाई ३५६९ मतको अग्रता

विराटनगर । मोरङ क्षेत्र नं. ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।

मतगणनाको सुरुवातदेखि नै अग्रता लिएका मोदीले ३५६९ मतले एमाले उम्मेदवार विनोद ढकाललाई पछि पारेका छन् ।

मोदीले १०१५७ मत प्राप्त गरेकी छन् भने ढकालको मत ६५८८ मत रहेको छ । कटहरी र ग्रामथान गाउँपालिका अन्तर्गत वडाहरुको अहिले मतगणना भइहरेको छ ।

प्रदेशसभा १ तर्फत काँग्रेसका गुरुराज घिमिरेको झिनो मतसहित अग्रता छ । घिमिरेले ७८२९ मत प्राप्त गर्दा एमालेका जयप्रकाश चौधरीले ७५७२ मत पाएका छन् ।

मङ्गलबार, ०६ मंसिर, २०७९, साँझको ०६:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर