ताप्लेजुङमा योगेशलाई पछि पार्दै माओवादीका बुढाक्षेत्रीको अग्रता

ताप्लेजुङ । ताप्लेजुङमा मंगलबार अपरान्हबाट सुरु भएको मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले अग्रता लिएका छन् ।

प्रतिनिधिसभामा नेकपा एमालेका सचिव योगेश भट्टराईलाई पछि पार्दै बुढाक्षेत्रीले अग्रता लिएका हुन् ।

अहिलेसम्म गणना भएको १५०० मतमध्ये बुढाक्षेत्रीले ७५५ मत प्राप्त गरेका छन् भने भट्टराईले ५६२ मत पाएका छन् । सुरुवाती गणनामा भने भट्टराईको अग्रता थियो ।

मङ्गलबार, ०६ मंसिर, २०७९, साँझको ०६:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर