हिमाली जिल्ला सोलुखुम्बुमा मतगणना सुरु

सोलुखुम्बु । सोलुखुम्बु निर्वाचन सम्पन्न भएको तीन दिनपछि मतगणना सुरू भएको छ ।

सोलुखुम्बुको सबैभन्दा विकट मानिएको लिखुपिके गाउँपालिकाका मतपेटिका सदरमुकाम ल्याउन ढिलाइ भएपछि मतगणना सुरू हुन सकेको थिएन ।

सबै क्षेत्रको मतपेटिका सोमबार साँझ सदरमुकाम ल्याईएपछि ८ वटा स्थानबाट मतगणना गर्न राजनीतिक दलहरुले प्रस्ताव गरेपछि गणनास्थल निमार्णमा समय लागेको थियो । सर्वदलीय बैठक बसेर दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेको थियो । तर, कर्मचारी लगायत अन्य व्यवस्थापन गर्दा ढिलागरी मतगणना सुरू भएको हो ।

खुम्बु क्षेत्रका मत्रपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको थियो । सोलुखुम्बुमा प्रतिनिधिसमा नेपाली काँग्रेसका बलबहादुर केशी र नेकपा एमालेका मानबहादुर राईबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

मङ्गलबार, ०६ मंसिर, २०७९, साँझको ०५:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर