ताप्लेजुङ । ताप्लेजुङमा मंगलबार अपरान्हबाट मतगणना सुरु भएको छ ।

प्रतिनिधिसभामा नेकपा एमालेका सचिव योगेश भट्टराई र नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीबीच प्रतिस्पर्धा रहेको जिल्लामा ८८ हजार २८५ मतदातामध्ये ४८ हजार ३५५ मत खसेको छ ।

मंगलबार मतगणना सुरु गर्दा बुधबार बेलुकीसम्ममा मतगणना सम्पन्न हुने मुख्य निर्वाचन अधिृकतको कार्यालयले दावी गरेको छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार भट्टराईले अग्रता लिएका छन् ।

गणना भएको १०९ मत गणना गर्दा भट्टराईले ६८ मत प्राप्त गरेका छन् भने बुढाक्षेत्रीले ३३ मत पाएका छन् ।