विराटनगर । ताप्लेजुङमा मतगणना सुरु गरिएको छ। केहिबेर अघिदेखि मत गणना सुरु गरिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभातर्फको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिए । उनका अनुसार पहिला संघतर्फको गणना सकिएपछि प्रदेशतर्फको गणना सुरु गरिनेछ ।

जिल्लाका दुर्गम तथा हिमाली भेगका मतपेटिका आज विहान मात्र सदरमुकाम ल्याई पुऱ्याइएको थियो । फक्ताङलुङ गाउँपालिकामा पर्ने याङमा, घुन्सा, ग्याब्ला र ओलाङचुङगोलाका मतपेटिका पैदल र सवारी साधनमा हुँदै आज बिहान मात्र ल्याइएको थियो

नेकपा एमालेबाट योगेशकुमार भट्टराई र नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई मुख्य प्रतिष्पर्धी मानिएको छ ।
प्रदेशसभामा प्रदेश १ (१) मा एमालेका तिलकुमार मेन्याङ्बो र नेकपा एकीकृत समावादीका खेमबहादुर वनेम तथा प्रदशसभा २ मा एमालेका गोपाल थोप्रा र नेपाली काँग्रेसका खगेनसिंह हाङ्गाम उम्मेदवार छन् ।