विराटनगर । इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई नेपाली काँग्रेसका डम्बरबहादुर खड्काले पछि पारेका छन्।
जारी मतगणनामा खड्काले खड्काले ३७५६ मतसहित अग्रता लिएका छन्।
एमालेका नेम्वाङले ३४५५ मत ल्याएका छन्। उनीहरूबीच ३०१ मतान्तर देखिएको छ। राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारले ८०१, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवारले ३०७, जसपाले २००, राष्ट्रिय स्वतन्त्र पार्टीले १३९ मत पाएका छन् ।

