धरान । सुनसरी क्षेत्र नं. १ मा नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोले अग्रता लिएका छन् ।
पछिल्लो मतगणना परिणाम अनुसार मेन्याङ्बोले १७३८ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका जनता समाजवादी पार्टीका अशोक कुमार राईmे १४५२ मत प्राप्त गरेका छन् ।
यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले १३९३, एमालेबाट विद्रोह गरि उम्मेदवार भएका मनोज मेन्याङ्बोले ११८१ र राप्रपाका अशोक राईले १०७७ मत प्राप्त गरेका छन् । सो क्षेत्रको सुरुवाती गणनामा पछि परेका मेन्याङ्बोले अग्रता बढाउँदै लगेका छन् ।

